दफा १८
लेखा र लेखापरीक्षण
: (१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) बोर्डको लेखापरीक्षण महालेखा परीक्षक वा निजले तोकेको कुनै लेखापरीक्षकबाट हुनेछ ।
(३) लेखापरीक्षकले बोर्डको वार्षिक कारोबारको स्थिति, वासलात, लाभ, हानी र अन्य हरहिसावका सम्बन्धमा आफ्नो प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्नेछ ।